वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित | Khabarhub Khabarhub

वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ ।

आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो ।

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ । वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ८ : २० बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस