दोस्रोपटक बाबु बने कपिल शर्मा « Khabarhub

दोस्रोपटक बाबु बने कपिल शर्मा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड कमेडियन कपिल शर्मा र उनका फ्यानका लागि खुशीको खबर छ । यी कमेडियन पुनः दोस्रोपटक बाबु बनेका छन् ।

कपिलकी पत्नी गिन्नी चतरथले छोरालाई जन्म दिएकी हुन् । यो कुराको जानकारी कपिलले सामाजिक सन्जालका माध्यमबाट फ्यानलाई दिएका हुन् ।

‘नमस्कार आज बिहान हाम्रो घरमा छोराको जन्म भएको छ । भगवानको कृपाले आमा र बच्चा दुवै ठिक छन् । तपाईंहरु सबैको प्रेम र आशीर्वादका लागि धन्यवाद । सबैलाई धेरै माया, गिन्नी र कपिल’, उनले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा लेखेका छन् । सामाजिक सन्जालमा कपिलको यो ट्वीट भाइरल भइरहेको छ ।

गत वर्ष कपिलले आफ्नो सहकर्मी तथा साथी भारती सिंहको करवा चौथको समयमा एक इन्स्टाग्राम लाइभ गरेका थिए । जसमा गिन्नीलाई गर्भवती भएको देखाइएको थियो । गिन्नी केही व्यक्तिमाझ करवाचौथ मनाइरहेकी थिइन् । तर उनको गर्भवतीका विषयमा कपिलले आधिकारिक रुपमा केही बताएका थिएनन् ।

सन् २०१९ मा गिन्नीले छोरीलाई जन्म दिएकी थिइन् । उनीहरुको छोरीको नाम अनायरा शर्मा हो । कपिल र गिन्नीले सन् २०१८ डिसेम्बर १२ मा विवाह गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  २ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५