१७ घण्टामा बनेको थियो ‘जुम्मा चुम्मा दे दे’ « Khabarhub

१७ घण्टामा बनेको थियो ‘जुम्मा चुम्मा दे दे’


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका महानायक अमिताभ बच्चन अभिनित फिल्म ‘हम’ प्रदर्शनको तीस वर्ष पुगेको छ । यो फिल्मको गीत ‘जुम्मा चुम्मा दे दे’ सर्वाधिक लोकप्रिय बनेको थियो ।

यो गीत यति लोकप्रिय भए पनि गीत रेकर्डको समयको अप्ठ्यारो सायदै कमैलाई मात्र थाहा होला । गीतका गायक सुदेश भोसलेका अनुसार यो गीत १७ घण्टामा तयार भएको थियो ।

‘मैले फिल्म मुकद्दरका सिकन्दरमा अमिताभका लागि गीत गाएको थिएँ । त्यसपछि सबैले मेरो स्वर मनपराए र जुम्मा चुम्मा दे देका लागि मलाई गाउन अफर आयो’, हालैको एक अन्तरवार्तामा उनले भनेका छन्, ‘यो गीतका लागि म अमितजीको अगाडि बसें र उनका लागि गीत गाएँ । मेरो स्वर सुन्ने बित्तिकै अचम्ममा परेर यो गीत रेकर्डको लागि बोलाए । हामीले यो गीत मेहबूब स्टुडियोमा ७० देखि ८० को संख्यामा रहेका वाद्यवादकका साथ रेकर्ड गरायौं । यो रेकर्ड बिहान नौ बजेदेखि रातीको दुई बजेसम्म चलेको थियो ।’

सुदेशले गीत रेकर्ड गर्दा आफूले २५ कप चिया पिएको खुलाए । यो गीत सार्वजनिक भएसँगै सुदेशको करियरमा कायापलट नै भयो । यो फिल्ममा अमिताभसँगै रजनीकान्त, गोविन्दा, किमी काटकर, दीपा शाही, शिल्पा शिरोडकर, डेनी डेन्जोङपा, कादर खान, अनुपम खेर र अन्नु कपुरको अभिनय थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १२ : ५३ बजे

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत