अक्टोबरसम्म अष्ट्रेलियाका सबै नागरिकलाई कोरोना खोप दिइने « Khabarhub

अक्टोबरसम्म अष्ट्रेलियाका सबै नागरिकलाई कोरोना खोप दिइने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले अक्टोबरसम्म सबै नागरिकलाई खोप दिइने जानकारी दिएका हुन् ।

नेसनल प्रेस क्लबमा सोमबार गरेको सम्बोधनका क्रममा उनले सो जानकारी दिएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

प्राप्त समाचारअनुसार प्रधानमन्त्री मरिससले सो कार्यक्रममा बोल्दै भनेका छन्, ‘अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने कार्यक्रम छ ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्न गाह्रो भइरहेको बताएका छन् ।

खोपका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अर्ब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी गराए ।

अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ०१ बजे

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै