भारतले बढायो नेपाललाई दिने वित्तीय अनुदान, झण्डै १६ अर्ब विनियोजन « Khabarhub

भारतले बढायो नेपाललाई दिने वित्तीय अनुदान, झण्डै १६ अर्ब विनियोजन


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले आर्थिक वर्ष २०२१/२२ मा नेपाललाई दिँदै आएको अनुदान रकम बढाएको छ ।

सोमवार भारतीय वित्तमन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको बजेट अनुसार नेपाललाई अघिल्लो वर्षको तुलनामा यसवर्ष थप १ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान दिइने भएको हो ।

भारत सरकारले यसवर्ष ९ अर्ब ९२ करोड (नेपाली रुपैयाँ १५ अर्ब ८७ करोड २० लाख) अनुदान दिने भएको हो । भारत सरकारले आज प्रस्तुत गरेको बजेट कार्यक्रममा उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने उल्लेख गरेको हो ।

यो आर्थिक वर्षमा बढी अनुदान पाउने राष्ट्रमा पहिलो नम्बरमा भुटान र त्यसपछि नेपाल रहेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष भारत सरकारले एक अर्ब १२ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ एक अर्ब ७९ करोड २० लाख) अनुदान सहयोग बढाएको हो ।

भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई ८ अर्ब ८० करोड भारतीय रुपैयाँ उपलब्ध गराएको थियो ।

भारतले जारी गरेको बजेट सन् अप्रिल २०२१ बाट कार्यान्यवनमा आउनेछ । यस आर्थिक वर्षको बजेटमा भारतलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

यस्तो छ भारतले छिमेकी मुलुकमा दिने अनुदान (भारतीय रूपैयाँमा)

भुटान: ३० अर्ब ४ करोट
नेपाल : ९ अर्ब ९२ करोड
अफगानिस्तान : ३ अर्ब ५० करोड
बंगलादेश : २ अर्ब
श्रीलंका : २ अर्ब
माल्दिभ्स : २ अर्ब ५० करोड
म्यानमार : ४ अर्ब

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ३९ बजे

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको