भारतले बढायो नेपाललाई दिने वित्तीय अनुदान, झण्डै १६ अर्ब विनियोजन « Khabarhub

भारतले बढायो नेपाललाई दिने वित्तीय अनुदान, झण्डै १६ अर्ब विनियोजन


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले आर्थिक वर्ष २०२१/२२ मा नेपाललाई दिँदै आएको अनुदान रकम बढाएको छ ।

सोमवार भारतीय वित्तमन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको बजेट अनुसार नेपाललाई अघिल्लो वर्षको तुलनामा यसवर्ष थप १ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान दिइने भएको हो ।

भारत सरकारले यसवर्ष ९ अर्ब ९२ करोड (नेपाली रुपैयाँ १५ अर्ब ८७ करोड २० लाख) अनुदान दिने भएको हो । भारत सरकारले आज प्रस्तुत गरेको बजेट कार्यक्रममा उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने उल्लेख गरेको हो ।

यो आर्थिक वर्षमा बढी अनुदान पाउने राष्ट्रमा पहिलो नम्बरमा भुटान र त्यसपछि नेपाल रहेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष भारत सरकारले एक अर्ब १२ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ एक अर्ब ७९ करोड २० लाख) अनुदान सहयोग बढाएको हो ।

भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई ८ अर्ब ८० करोड भारतीय रुपैयाँ उपलब्ध गराएको थियो ।

भारतले जारी गरेको बजेट सन् अप्रिल २०२१ बाट कार्यान्यवनमा आउनेछ । यस आर्थिक वर्षको बजेटमा भारतलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

यस्तो छ भारतले छिमेकी मुलुकमा दिने अनुदान (भारतीय रूपैयाँमा)

भुटान: ३० अर्ब ४ करोट
नेपाल : ९ अर्ब ९२ करोड
अफगानिस्तान : ३ अर्ब ५० करोड
बंगलादेश : २ अर्ब
श्रीलंका : २ अर्ब
माल्दिभ्स : २ अर्ब ५० करोड
म्यानमार : ४ अर्ब

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ३९ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको