प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने (भिडियोसहित) « Khabarhub

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने (भिडियोसहित)

ओलीलाई साधारण सदस्यबाटै हटाइयो


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूहरुको पार्टीलाई आधिकारिक पार्टी दाबी गर्दै निर्वाचन आयोगमा लैजाने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको चौथो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले ओली समूहका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गर्ने र महासचिव विष्णु पौडेललाई सो पदबाट हटाउने निर्णय पनि गरेको छ ।

हेरौँ भिडियो

ओली समूह र प्रचण्ड–नेपाल समूहले आफ्नो पार्टीलाई आधिकारिक मान्दै आएका छन् । दुवै समूहले निर्वाचन आयोगलाई पत्र लेखेर आफ्नो पार्टी आधिकारिक भएको दाबी गरेका थिए ।

निर्वाचन आयोगको गत माघ ११ मा बसेको बैठकले भने दुवै पक्षका दाबीलाई अस्वीकार गरेको थियो । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य रहेको केपी ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई मान्यता दिएको थियो ।

निर्वाचन आयोगमा कहिले जाने भन्नेबारे अझै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : २९ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले