करिश्माको ‘वनबास’मा सरोज र कविता बाबुछोरी « Khabarhub

करिश्माको ‘वनबास’मा सरोज र कविता बाबुछोरी


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले छोरी कविता मानन्धर र अभिनेता सरोज खनाललाई प्रमुख भूमिकामा लिएर फिल्म ‘वनबास’ बनाउने भएकी छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमार्फत ‘वनबास’को तस्बिर राख्दै ‘कथा परिवारको, कथा सम्बन्धको– ‘वनबास’ लेखेकी छन् । करिश्माले निर्माण गरेको फिल्म ‘फागू’ पाँच वर्ष अघि रिलिज भएको थियो ।

करिश्माकी छोरी कविताले यसअघि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा डेब्यू गरे पनि उनको डेब्यू सफल हुन सकेन । करिश्माले होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको फिल्ममा सुशील क्षेत्रीको निर्देशन रहनेछ ।

‘यो राम वनबास गएको वनबास होइन । तर कथाले धेरै मात्रामा त्यस्तै किसिमको व्याख्या गर्छ । अहिले बनाइरहेको व्यावसायिक फिल्म भन्दा फरक हो । यसले बाबुछोरीको सम्बन्धको कथा बोल्छ’, करिश्माले भनिन्, ‘अहिले फरक कथाका फिल्म बनिरहँदा त्यसलाई नै हामीले पछ्याएका हौँ । झरीको मौसममा यसको छायांकन गर्छौ । फिल्मको थिम अनुसार नै वैशाख, जेठ, असारतिर सुटिङ गर्ने योजना बनाएका छौं ।’

करिश्मा फिल्ममा कलाकार धेरै नभएकाले पनि काम छिटो सकिनेमा विश्वस्त देखिइन् । करिश्माले सानो बजेटमा दर्शकलाई राम्रो फिल्म दिन आफू तयारी अवस्थामा रहेको बताइन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ३९ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार