चौदण्डीगढीको पोष्टमा एपीएफको गोल वर्षा, सावित्राले मात्रै गरिन १२ गोल « Khabarhub

चौदण्डीगढीको पोष्टमा एपीएफको गोल वर्षा, सावित्राले मात्रै गरिन १२ गोल


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध सशस्त्र प्रहरीको एपीएफ टोलीकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी छन्।

विभागीय टिम एपिएफ क्लबले चौदण्डीगढीविरुद्ध २२-० गोलको जित निकाल्ने क्रममा सावित्राले १२ गोल गरेकी हुन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले कमजोर मानिएको चौदण्डीगढीविरुद्ध गोलको वर्षा नै गर्‍यो। यही क्रममा सावित्राले एकै खेलमा चौथो ह्याट्रिक पूरा गरिन्।

सावित्राले खेलको पाँचौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाइन्। त्यसपछि उनले खेलको ३२ र ३३ औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरिन्।

त्यसपछि खेलको ३४, ३८ र ४७ औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन्। एकपछि अर्को गोल गर्दै ह्याट्रिक पूरा गर्ने क्रममा सावित्राले खेलको ५५, ६२ र ६३ औं मिनेटमा गोल गर्दै तेस्रो ह्याट्रिक बनाइन्।

एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रममा सावित्राले खेलको ७२, ७९ र खेलको अतिरिक्त समयमा गोल गर्दै १२ गोल पुर्‍याएर चौथो ह्याट्रिक बनाइन्।

त्यस्तै, चौदण्डीगढीविरुद्ध कप्तान अनु लामाले ह्याट्रिकसहित पाँच गोल गर्दा अनिता बस्नेतले ह्याट्रिक गोल गरिन्। सरु लिम्बु र रेनुका नगरकोटीले १–१ गोल थपे।

अनु लामाले ११, १४ र २०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। उनले २६ र ६५औं मिनेटमा थप दुई गोल गर्दै पाँच गोल गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : ५६ बजे

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान