दर्ता प्रक्रिया पूरा नगरी महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप « Khabarhub

दर्ता प्रक्रिया पूरा नगरी महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाललाई कोरोना महामारीविरुद्ध भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपछि चीन सशंकित भएको छ ।

भारतले जनवरी १६ मा देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको एक सातामा नै नेपाललाई ‘कोभिशिल्ड’ १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।

नेपालमा गत बुधबारदेखि देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सुरु भइसकेको छ । यही अवस्थामा चीनले पनि कोरोनाविरुद्धको खोप नेपाल पठाउने हतारो गरेको छ ।

भारतले नेपाललाई खोप दिनुअघि नेपालमा कोभिशिल्ड खोप लगाउन अनुमति दिइएको थियो । नेपालको खोप नियामक निकायले खोप लगाउन उपयक्त छ कि छैन भन्‍ने यकिन गरिसकेपछि अनुमति दिने अथवा नदिने निर्क्योल गर्दछ ।

तर, चिनियाँ खोप भने नेपालमा दर्ता र अनुमति प्रक्रियाको पालना नै नगरी ल्याउने तयारी भइरहेको छ । सामान्यतया नेपालमा एक उत्पादकको सामग्रीमात्रै ल्याउनका लागि अनुमति दिने गरिन्छ ।

औषधि व्यवस्थापन विभागले सिनोफार्म कोङकिङ मेडिकल डिभाइस कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धो खोप आयातका लागि कुनै एक कम्पनी अनमुति दिन्छ । तर, पी एन्ड जी होल्डिङ प्राइभेट लिमिटेड अथवा हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडमध्ये खोप आयातका लागि कुनै आधिकारिक कम्पनी हो भन्‍ने दुविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यद्पि दुईमध्ये कुनै पनि कम्पनीले नेपालको दर्ता प्रक्रिया अनुसार कागजात उपलब्ध गराएको छैन । परराष्ट्र मन्त्रालयले आवश्यक कागजातहरु उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।

भारतले पठाउने खोपसँग तुलना गर्दा चिनियाँ खोप निकै महँगो पर्न जान्छ । पी एन्ड जी होल्डिङ्सले जारी गरेको एक पत्र अनुसार सिनोफार्मले उत्पादन गरेको सिनोभ्याक खोपको बजार मूल्य दुई डोजको १४८ डलर पर्न जाने भए पनि नेपालमा यसलाई प्रति डोज ६० डलरमा उपलब्ध गराउन सकिने जनाएको छ । अनुदानसहितको मूल्य लगाएर प्रति डोज ४५ डलरसम्म उपलब्ध गराउन सकिने पी एन्ड जी होल्डिङ्सले जनाएको छ ।

हाल मुलुकमा ४० मिलियन डोज खोप आयात गर्न सकिने कम्पनीले जनाएको छ । यसरी अनधिकृतरुपमा ल्याउन लागिएको खोपले ठूलो क्षति पुर्‍याउनसक्ने भन्दै सरकोरवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ३१ बजे

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा