म्यानमारको सैनिक ‘कू’ बारे नेपालले भन्यो- सुकीलाई तत्काल रिहा गर « Khabarhub

म्यानमारको सैनिक ‘कू’ बारे नेपालले भन्यो- सुकीलाई तत्काल रिहा गर


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले म्यानमारका राष्ट्रपति यु विन मिन्ट, आङसाङ सुकीलगायतलाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।

सोमबार परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति, सुकीलगायतलाई तत्काल रिहा गर्न म्याानमारको सेनालाई आग्रह गरेको हो ।

म्यानमारको सेनाले नेसनल लीग फर डेमोक्रेसी पार्टीका सर्वोच्च नेतृ सुकीलाई गिरफ्तार गरेको हो । मन्त्रालयले नागरिक र नेताहरूको सुरक्षा र भलाईको बारेमा सरकार चिन्तित रहेको र उनीहरूको रिहाइको लागि आग्रह गरेको छ ।

मन्त्रालयले म्यानमारमा हालसालै भएका घटनाक्रमहरूलाई नेपालले राम्ररी नियालीरहेको बताएको छ ।

‘हामी विश्वास गर्दछौं कि यसमा संलग्न सबै पक्षहरूले म्यानमारका जनताको इच्छाको सम्मान गर्नेछन् र आशा गर्दछन् कि प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनःस्थापित हुनेछ’, मन्त्रालयले भनेको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गर्दै राष्ट्रपतिसहित अन्य नेताहरुलाई पक्राउ गरेको छ । हाल त्यहाँको शासन सेनाको हातमा रहेको छ ।

सेनाको स्वामित्वमा रहेको टेलिभिजन स्टेशनमा गरिएको विज्ञप्ति अनुसार म्यानमारको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सुकीको हातबाट सत्ता खोसेर सेनाले प्रधानसेनापति मीन आंग हलाइङलाई हस्तान्तरण गरेको छ ।

हालसालै सम्पन्न भएको चुनावको नतीजालाई लिएर सरकार र सेनाबीच तनाव कायमै थियो । नोभेम्बरमा सम्पन्न नेसनल लीग फर डेमोक्रेसी पार्टीले ठूलो अन्तरले विजयी हासिल गरेको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ०४ बजे

विवाहको पहिलो रातमै हृदयाघातबाट दुलाहा-दुलहीको निधन

बहराइच  – उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक

एप्पलले ल्यायो संसारकै सबैभन्दा पातलो म्याकबुक

क्यार्लिफोनिया– अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले १५ इन्चको म्याकबुक लन्च गरेको

‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’ ले पायो निरन्तरता

कास्की – गण्डकी प्रदेश सरकारले ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश

दुवै सदनमा आज बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ – संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक