म्यानमारको सैनिक ‘कू’ बारे नेपालले भन्यो- सुकीलाई तत्काल रिहा गर « Khabarhub

म्यानमारको सैनिक ‘कू’ बारे नेपालले भन्यो- सुकीलाई तत्काल रिहा गर


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले म्यानमारका राष्ट्रपति यु विन मिन्ट, आङसाङ सुकीलगायतलाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।

सोमबार परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति, सुकीलगायतलाई तत्काल रिहा गर्न म्याानमारको सेनालाई आग्रह गरेको हो ।

म्यानमारको सेनाले नेसनल लीग फर डेमोक्रेसी पार्टीका सर्वोच्च नेतृ सुकीलाई गिरफ्तार गरेको हो । मन्त्रालयले नागरिक र नेताहरूको सुरक्षा र भलाईको बारेमा सरकार चिन्तित रहेको र उनीहरूको रिहाइको लागि आग्रह गरेको छ ।

मन्त्रालयले म्यानमारमा हालसालै भएका घटनाक्रमहरूलाई नेपालले राम्ररी नियालीरहेको बताएको छ ।

‘हामी विश्वास गर्दछौं कि यसमा संलग्न सबै पक्षहरूले म्यानमारका जनताको इच्छाको सम्मान गर्नेछन् र आशा गर्दछन् कि प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनःस्थापित हुनेछ’, मन्त्रालयले भनेको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गर्दै राष्ट्रपतिसहित अन्य नेताहरुलाई पक्राउ गरेको छ । हाल त्यहाँको शासन सेनाको हातमा रहेको छ ।

सेनाको स्वामित्वमा रहेको टेलिभिजन स्टेशनमा गरिएको विज्ञप्ति अनुसार म्यानमारको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सुकीको हातबाट सत्ता खोसेर सेनाले प्रधानसेनापति मीन आंग हलाइङलाई हस्तान्तरण गरेको छ ।

हालसालै सम्पन्न भएको चुनावको नतीजालाई लिएर सरकार र सेनाबीच तनाव कायमै थियो । नोभेम्बरमा सम्पन्न नेसनल लीग फर डेमोक्रेसी पार्टीले ठूलो अन्तरले विजयी हासिल गरेको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ०४ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको