प्रधानमन्त्री ओली आज दिनभर पोखरामा, पूर्वाधार शिलान्यासदेखि कार्यकर्ता प्रशिक्षणसम्मको कार्यतालिका « Khabarhub

प्रधानमन्त्री ओली आज दिनभर पोखरामा, पूर्वाधार शिलान्यासदेखि कार्यकर्ता प्रशिक्षणसम्मको कार्यतालिका


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।

यसअघि शनिबारका लागि निर्धारण गरिएको प्रधानमन्त्री ओलीको कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा  स्थगित गरिएको थियो ।

मध्याह्न १२ बजेपछि पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुने ओली यति एयरलाइन्सको विमानमार्फत विहान ११:४० बजे पोखरा पुग्नेछन् । त्यसपछि केहीबेर आराम गरेर उनले  गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ ।

पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले १ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेकपा ओली समूहका गण्डकी प्रदेश सहइञ्चार्ज किरण गुरूङले जानकारी दिए ।

कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सो क्रममा उनले नवौं राष्ट्रिय खेलकुदको तयारीबारे पनि जानकारी लिनेछन् ।

२ बजेसम्म रंगशाला निरीक्षणको कार्यक्रम सकेर प्रदेशका पार्टीका शीर्ष नेताहरूसँग केहीबेर आन्तरिक छलफलपछि ओली आजै साँझ काठमाडौँ फर्कनेछन् ।

प्रतिनिधिसभा विघटनपछि चुनावी तयारी भन्दै देशदौडाहामा निस्किएका ओली फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटनमा निस्किएका छन् ।

आइतबार ओलीले गृह जिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर केही पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : ११ बजे

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका