शुभकामना यातायातले थप ४ टाटा बसबाट उपत्यकामा सेवा प्रदान गर्दै « Khabarhub

शुभकामना यातायातले थप ४ टाटा बसबाट उपत्यकामा सेवा प्रदान गर्दै


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुभकामना यातायातको साना ठुला सवारी साधनले चलाउदै आएको विरुवा, वालकोट, कौशलटार, जडिबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, ठुलो भर्याङ, बालाजु बाईपास, माछापोखरी पुगी सोहि रुट फिर्ता हुनेगरी सेवा पुर्याउदै आइरहेको रुटमा थप ४ बस सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनिका अध्यक्ष सोमनाथ काफ्लेका अनुसार सिप्रदी ट्रेडिङ्ग प्रालीबाट टाटा कम्पनीका ७१२/४२ का ३२ सिटर बस प्राप्त भएपछी हालै २०७७ साल फाल्गुन १३ गतेका दिन थप ४ वटा टाटा बस विरुवा, वालकोट, कौशलटार, जडिबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, ठुलो भर्‍याङ, बालाजु बाईपास, माछापोखरी पुगी सोहि रुट फिर्ता हुनेगरी सेवा बिस्तार गरिएको हो ।

थप भएका बससहित अब शुभकामना यातायातले ६२ वटा बस र मिनिबसबाट उपत्यकामा सेवा दिईरहेको बताउँदै काफ्लेले निकट भबिष्यमा टाटा मोटर्स कम्पनीका सुविधा सम्पन्न बसहरु ल्याई अझ बढी सेवाग्राहिलाई सेवा दिने उदेश्य राखेको बताए ।

नयाँ सेवा सुविधा सम्पन्न टाटा बसको शुभारम्भ कार्यक्रममा सुर्यबिनायक न.पा. वडा नं. १ विरुवामा सुर्यबिनायक नगर कार्यपालिका सदस्य तथा वडा नं. १ का वडा सदस्य अम्बिका न्यौपानेले पानसमा बत्ति बालेर बसहरुको रिबन काटेर बस सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : २२ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै