प्रदेशको विकास गर्न नगर विकास कोषसँग सहकार्य हुन्छ : मुख्यमन्त्री भट्ट | Khabarhub Khabarhub

प्रदेशको विकास गर्न नगर विकास कोषसँग सहकार्य हुन्छ : मुख्यमन्त्री भट्ट


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र विकासका लागि नगर विकास कोषसँग सहकार्य र समझदारी गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नगर विकास कोषले आज धनगढीमा गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकाससम्बन्धी कार्यशालामा मुख्यमन्त्री भट्टले संविधानअनुसार सहकार्य, सहअस्तित्व र समझदारीअनुसार प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे ।

विकासका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने,‘विकास गर्ने नेपालको आफ्नो अलग्गै ढाँचा छैन, व्यक्तिव्यक्तिका ढाँचा छन्, यसले समग्र क्षेत्रको विकास हुन सक्दैन ।’ वित्त आयोगको वितरण प्रणालीको नीतिले पनि विकास सम्भव नभएको भन्दै उनले काम गर्ने पुरानो सोच र शैलीमा परिवर्तन गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व स्वीकार गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगर विकास कोषले तीनै तहका सरकारबीच पुलको काम गरी शहरी क्षेत्रमा आधारभूत पूर्वाधार जुटाउन प्रभावकारी भूमिका खेल्न जरुरी रहेको बताए ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बदलिँदो परिवेशमा अनुदानबाहेकको पर्याप्त स्रोत जुटाउन स्थानीय पालिकाबाट पहल हुनुपर्नेमा जोड दिँदै कोषले लगानी बढाउन र आन्तरिक स्रोत वृद्धि गर्नमा सहयोग गर्ने बताए । कार्यशालामा नगर विकास कोषको दूरदृष्टि र चार वर्षे व्यावसायिक योजना, कोषको व्यवसाय प्रवद्र्धन तथा कार्य प्रक्रिया, सहलगानी तथा वैकल्पिक वित्तीय स्रोत परिचालन विधिलगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ ।

नगर विकास कोषले नेपाल सरकार र विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारको वित्तीय र प्राविधिक सहयोगमा नगरको सामाजिक, आर्र्थिक पूर्वाधारको विकास, विस्तार तथा नगरपालिका एवं साना शहरको क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ । कार्यशालामा सुदूरपश्चिम प्रदेशका ३४ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  २ : २१ बजे

लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह

दमास्कस– सिरिया भ्रमणमा रहेका लेबनानका प्रधानमन्त्री नजिब मिकातीले सिरियाली नेता

सरकारले यसपटक भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउने

काठमाडौं– हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस

कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १

रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस

माघीमा खाइने चाकु र तरुलका यस्ता छन् फाइदा 

काठमाडौं– जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने