प्रधानमन्त्री ओलीले भने : ममाथि शारीरिक हमला हुन सक्छ « Khabarhub

प्रधानमन्त्री ओलीले भने : ममाथि शारीरिक हमला हुन सक्छ


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । उनले सोमबार पोखरामा नेकपा ओली पक्षको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

ओलीले आफ्नो सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरू नेकपालाई ध्वस्त पार्न लागेको र आफूमाथि पनि प्रहार केन्द्रित भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू अनौठो नमान्नु होला, यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । उनले तर त्यस्तो हुन नदिने र सतर्कता अपनाउने पनि बताए ।

पार्टीको नेतृत्वमा रहेर पार्टीलाई अघि बढाइरहेको, सरकार प्रभावकारी र गतिशील ढङ्गले सञ्चालन गरिरहेको र विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित भएएको ओलीले बताए ।

उनले आफू नरहे पनि पार्टी र आन्दोलन रहिरहने र पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्त्वका मतियारहरूसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : ११ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र