४० अंकले बढ्यो शेयर बजार, सबैभन्दा बढी कारोबार गर्ने इन्फ्रास्ट्रक्चर बैंक « Khabarhub

४० अंकले बढ्यो शेयर बजार, सबैभन्दा बढी कारोबार गर्ने इन्फ्रास्ट्रक्चर बैंक


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार चार महिनायता सबैभन्दा धेरै घटेको शेयर बजार सोमबार ४० दशमलव ६४ अंकले बढेको हो । अंकको वृद्धिपछि नेप्से २५१५ अंकमा कायम भएको छ ।

योसँगै नेप्से २ हजार ५ सय १५ दशमलव ३ अंकमा बन्द भएको छ । सोमबार उपसमूहका शेयरमा पनि हरियो बलेको छ ।

सोमबार शेयर बजारमा  ५ अर्ब ६९ करोड २३ लाख भन्दा धेरै रकमको कारोबार भएको छ । आज शेयर बजारमा २ सय ९ वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिद विक्री भएको थियो ।

आज चन्द्रागिरि हिल्सको शेयर सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ । आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

यस्तै आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक शेयर कारोबार सबैभन्दा धेरै कारोबार भएको छ ।  सो कम्पनीको ४४ करोड रुपैयाँको कारोबार हुँदा शेयर मूल्य ५२९ रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको