२४ घण्टामा ७३ कोरोना संक्रमित थपिए, ३ को मृत्यु « Khabarhub

२४ घण्टामा ७३ कोरोना संक्रमित थपिए, ३ को मृत्यु


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या  दुई लाख ७४ हजार दुई सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ९६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ४ सय ७१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ५२ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा