सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज « Khabarhub

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ ।

विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ ।

बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुईसय बिघा जमिनमा पनि सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अधयक्ष गोविन्द नेपालीले बताए।

उनका अनुसार उक्त ड्याम निर्माण भएपछि सिंचाई मात्रै नभई आसपासका कुवा तथा इनारहरुमा पानीको स्तर बढेको छ । यसले गर्दा पानीको सहजता भएको छ । विगतमा चैत महिनामै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताए । विगतमा सिंचाई नहुँदा सुक्खा रहने जमिनहरु अहिले हराभरा हुने गरेको उनको भना छ ।

उहाँका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ। यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुकासाथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताउनुभयो । सोही ड्याममा डुंगा पनि छ । त्यसलाई सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ७ : ५६ बजे

मुगुमा मुन्दु र सेरा जोड्ने झोलुङ्गे पुल बन्ने, ३० लाख बजेट विनियोजन

मुगु– मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो

मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा

सर्लाही– मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु

यूएईमा ट्रकले २८ सवारीसाधनलाई ठक्कर दिँदा १४ जनाको मृत्यु

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा एक ट्रकले नियन्त्रण गुमाएर

तनहुँमा बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बलेरो जिप दुर्घटना हुँदा चालकसहित

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा