फुटबलबाट पछि हटे कलाकार « Khabarhub

फुटबलबाट पछि हटे कलाकार


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– लकडाउन खुकुलो भएपछि फुटबलमा रमाउन थालेका बलिउडका कलाकारहरुले केही समयका लागि खेल गतिविधिलाई रोक्ने भएका छन् ।

अभिषेक बच्चन, रणवीर कपूर, टाइगर श्राफ, आदित्य रोय कपूर र कार्तिक आर्यन जस्ता कलाकारले महाराष्ट्रमा पुनः बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर राख्दै खेल गतिविधिलाई केही समयलाई स्थगित गरेका हुन् ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार निर्माता बन्टी बालिया कलाकारका लागि प्राक्टिस म्याचको आयोजना गर्ने तयारीमा थिए ।

तर गत शुक्रबार उनी यो निर्णयबाट पछि हटेका छन् । उनले सबै कलाकारलाई वाट्सएप र एसएमएसका माध्यमबाट खेल नहुने सूचना दिएका छन् ।

कलाकारहरुले पनि बालियाको निर्णयको स्वागत गरेका छन् । बालियाले तीन साताका लागि खेलकुद गतिविधि रोक्ने निर्णय लिएका हुन् । त्यसपछि भने अवस्था हेरेर निर्णय लिने उनले बताएका छन् । ‘३०–३५ दिन पछि मात्र हामी अवस्थाको पुनर्विचार गरेर नयाँ निर्णय लिनेछौं’, वालियाले भनेका छन् ।

बितेको १५ दिन यता महाराष्ट्रमा कोरोनाको ३६ हजार नयाँ सक्रिय बिरामी बढेका छन् । यहाँ ७२ हजार संक्रमितको उपचार भइरहेको छ । यो संख्या अन्य राज्यको तुलनामा अधिक हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : ०२ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि