दूरसञ्चार सम्बन्धि सबै गुनासो तत्काल सम्बोधन हुन्छ : मन्त्री गुरुङ « Khabarhub

दूरसञ्चार सम्बन्धि सबै गुनासो तत्काल सम्बोधन हुन्छ : मन्त्री गुरुङ


१९ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धि सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह समेत गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट काठमाडौँमा शुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धि अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उनले टेलिफोन, इन्टरनेटलगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने बताए ।

‘इन्टरनेट, टेलिफोनलगायतका सेवामा सबैको पहुँच पुर्‍याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध भएर लागि परेको छ,’ मन्त्री गुरुङले भने, ‘ स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।’

मन्त्री गुरुङले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा पुर्‍याउने कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारे । कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु, यस क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ११ : २२ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको