माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने (भिडियोसहित) | Khabarhub Khabarhub

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने (भिडियोसहित)


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपनि केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको हो ।

आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले फेरि अर्को बैठक बसेर नयाँ निर्णय गर्ने बताए । प्रवक्ता श्रेष्ठले सरकारबारे नेपाली कांग्रेस र जसपाले निर्णय नगरेकोले अहिले नै आफ्नो पार्टी समर्थन फिर्ताबारे निर्णय नलिएको बताए ।

हेरौँ भिडियो

प्राविधिक पत्र नपठाए पनि यो सरकारलाई माओवादीको समर्थन नरहने उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीको स्ट्यान्डबाई पोलिसी छ । यो सरकारलाई हाम्रो समर्थन छैन। हामीले टेक्निकली मात्रै अहिलेको सन्दर्भमा चिठी लेखिसकेका छैनौं। हामीले यो पार्टीको एकतापछि यो सरकार ७६(१) को सरकार भएको थियो। सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले नेकपालाई दुईटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन । हामीले पनि औपचारिक समर्थन गरेका पनि छैनौँ। त्यसले अरु कुनै प्रक्रियालाई रोक्दैन।’

प्रवक्ता श्रेष्ठले आफूहरुले प्रतिगामी कदम चाल्ने सरकार ढालेर त्यसविरुद्ध उत्रेका दलहरूको सरकार बनाउने बताए ।

‘अरू दलसँग हामीले वार्ता गरिरहेका छौँ। उहाँहरुले स्पष्ट रुपमा धारणा राख्नुपर्यो भनेका हौँ। ओलीलाई समर्थन गरे पनि हुन्छ’ उनले भने, ‘हामी ओली सरकारलाई हटाएर संसद दुई बर्ष चलाउन चाहान्छौँ। प्रतिगामी कदम चाल्ने सरकार अदालतको निर्णयपछि जानुपर्ने हो। हामीले प्रतिगमनको विरुद्ध लाग्ने मिलेर सरकार बनाऔँ भनेका हौँ। हामी अरुलाई लाद्न सक्दैनौँ।’

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १२ : ५४ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न