प्रभावित क्षेत्रलाई ६ करोड दिइने « Khabarhub

प्रभावित क्षेत्रलाई ६ करोड दिइने


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महनगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि रु छ करोड दिने भएको छ ।

फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएपछि कामपा र प्रभावितबीच भएको छलफलमा कामपा प्रमुख विद्यासुन्दर शक्यले व्यवस्थापनक लागि रु छ करोड दिने बताएका हुन् ।

छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँशी गाउँपालिकाका प्रत्येक पालिकाका पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन/तीन करोड व्यवस्था गर्ने, शिक्षक मागका सम्बन्धमा तत्काल प्रक्रिया थालनी गर्ने, प्रभावित क्षेत्रमा १५ शय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने, १५ वटा शय्या र चार चिकित्सकका लागि आवश्यक रकम सहयोग गर्ने बताए ।

प्रभावित क्षेत्रमध्ये कामपाले ककनी गाउँपालिकाका लागि यसअघि एम्बलुलेन्स उपलब्ध गराइसकेको छ । प्रभावित क्षेत्रका विद्यालयमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको दरबन्दी पूरा गर्ने सन्दर्भमा नेपाल सरकारबाट स्थायी पदपूर्ति गरेपछि स्वतः हट्ने गरी तत्कालका लागि करारमा शिक्षक नियुक्त गरिने भएको छ ।

छलफलमा नुवाकोट जिल्लाका प्रदेशसभा सदस्य बद्री मैनाली, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा, ककनी र धुनीबेँशी नगरको प्रभावित क्षेत्रका वडाध्यक्ष, स्थानीय राजनीतिक प्रतिनिधि र स्थानीय सरोकारवाला प्रतिनिधि सहभागी थिए ।

ककनी गाउँपालिकाका अध्यक्ष लामाले फोहर विसर्जनमा अवरोध गर्नु आफूहरुको बाध्यता भएको बताए । “हामीलाई पनि फोहर रोक्न मन छैन”, लामाले भने, “हाम्रा जायज माग सम्बोधन गर्नुहोस् ।”

बञ्चरेडाँडा र कुँडुलेलाई केन्द्र मानेर मापदण्डका आधारमा वरिपरि निश्चित दूरीभित्र पर्ने व्यक्तिका जग्गा अघिग्रहण गर्नुपर्ने, फोहर वैज्ञानिक व्यवस्थापन, ओखरपौवा ल्याण्डफिल साइटको पोष्ट क्लोजरको योजना, स्थानीय पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि सहयोगजस्ता विषय छलफलका मुख्य विषय हुन् । दुई वर्षका लागि भन्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  २ : ५५ बजे

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक