हतियार देखाएर आइएमई लुटपाट गर्ने ४ जना पक्राउ « Khabarhub

हतियार देखाएर आइएमई लुटपाट गर्ने ४ जना पक्राउ


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो ।

प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी छ लाख बराबरको नगद लुटपाट गरी भागेको भन्ने जानकारी आएको र सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र बृत्त जनसेवाबाट टोली परिचालन गरी लुटपाटमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा गए राति १० बजे उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

अभियुक्तबाट ५९ हजार नगद र उनीहरुकै सूचनाका आधारमा आज बिहान काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने मञ्जु पुटुवारलाई राख्न दिइएको अवस्थामा नगद रु ७५ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले लुटेको रकममध्येबाट लत्ताकपडा, जुत्ता, झोला खरिद गरी रेष्टुरेन्टमा खर्च गरेको फेला परेको छ । अभियुक्तहरु लागुऔषध सेवनकर्ता रहेको र उनीहरुको साथमा लागुऔषध प्रयोगमा संलग्न अन्य तीन व्यक्तिसमेत पक्राउ परेका छन् ।

थप पक्राउ पर्नेमा रोल्पा लिवाङ घर भई धापासी बस्ने प्रशन्न हमाल ठकुरी, सोही ठाउँका सफल आचार्य र रुपन्देहीका मिलन ढकाल रहेका छन् । पक्राउ परेकालाई आवश्यक कानूनी कारवाही शुरु भएको र उनीहरुको साथबाट गाँजालगायत अन्य लागुऔषधसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै