स्वैच्छिक अवकाश लिने शिक्षकलाई ललितपुर महानगरले ३ लाख रुपैयाँसम्म दिने | Khabarhub Khabarhub

स्वैच्छिक अवकाश लिने शिक्षकलाई ललितपुर महानगरले ३ लाख रुपैयाँसम्म दिने


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पूरा गरेका र स्वैच्छिक अवकाश लिन चाहने शिक्षकलाई तीन लाख रुपैयाँसम्म दिने जनाएको छ ।

महानगरले विज्ञप्ति जारी गर्दै  सेवा अवधिको आधारमा सुविधा लिएर अवकाश लिन चाहने शिक्षकले अवकाश पाउने जनाएको हो ।

महानगरले उपलब्ध गराएको सेवामा अवकाश लिन इच्छुक शिक्षकले आवश्यक कागजातसहित ३० दिनभित्र महानगरको शिक्षा महाशाखामा निवेदन पेश गर्न सक्ने छन् ।

२०७८ साल साउन पश्चात १ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा महानगरले एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै २०७८ साउनसम्म २ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई एक लाख ५० हजार, ३ वर्ष सेवा बाँकीलाई २ लाख, ४ वर्ष सेवा बाँकी रहेकालाई २ लाख ५० हजार र ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई रु ३ लाख रुपैयाँसम्म सुविधा दिने महानगरले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवकाश लिन चाहने शिक्षकले स्थायी नियुक्ति पत्रको प्रतिलिपि,नागरिकताको प्रतिलिपि र सम्बन्धित शिक्षकको निवेदन पेश गर्नुपर्ने छ ।
प्राप्त निवेदनका आधारमा सुविधा सम्बन्धी थप निर्णय हुने महानगरले जनाएको छ ।

यस्तो छ महानगरद्वारा जारी विज्ञप्ति

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ४ : ३३ बजे

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

नून भुटुन साट्न चतरा, अक्करको जीवन खतरा !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ