ठोरी–माडी सडकखण्डमा १२ वटा पुल निर्माण हुँदै « Khabarhub

ठोरी–माडी सडकखण्डमा १२ वटा पुल निर्माण हुँदै


१९ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल निर्माण गरिने भएको छ ।

रु एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी–माडी हुलाकी सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको सो कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले बताए ।

पर्साको ठोरीबाट चितवनको माडीसम्म रहेका रिउखोलाको पुलको लम्बाइ २५४ दशमलव ७५ मिटर, लम्बाइखोला १११ दशमलव १५ मिटर, घाघरखोला १२७ दशमलव एक मिटर, पतरीखोला ४१ दशमलव दुई मिटर, परवीखोला ९७ दशमलव एक मिटर, भालुखोला १७ दशमलव २ मिटर र टुनामुनाखोला ६४ दशमलव १५ मिटर रहेको छ ।

यसैगरी बाँदरमुडे खोला २६ दशमलव दुई मिटर, रतनीखोला २२ दशमलव २ मिटर, मुगइखोला ९७ दशमलव एक मिटर, चिताइखोला २७ दशमलव दुई मिटर र देवेन्द्रपुरबाट बगड बसपार्कसम्म सात दशमलव सात मिटर गरी जम्मा १२ वटा खोलामा पुलको निर्माण भइरहेको छ ।

सो खोलामा रहेका पुलको निर्माणकार्य सम्पन्न भएपछि ग्रामीण क्षेत्रमा रहेको सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्नेछन् । ठोरी र माडीमा निर्माण भइरहेको पुल बनिसकेपछि पर्सा जिल्लाको १४ स्थानीय तहका नागरिकलाई चितवनसँग जोडिनुका साथै सवारी साधन आवागमनमा सजिलो हुने विश्वास स्थानीयवासीले लिएका छन् ।

हुलाकी सडकअन्तर्गत रहेको उक्त पुल निर्माण सम्पन्नपछि चितवन जिल्लामा उत्पादन हुने हरियो तरकारी, फलफूल र अन्न बालीलाई समेत बजारीकरण गर्न सजिलो हँुदै जाने किसान विजय पण्डितको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १० : ४५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका