लोकतन्त्रमाथि अनिष्ट हुने खतरा बढ्यो : वरिष्ठ नेता पौडेल « Khabarhub

लोकतन्त्रमाथि अनिष्ट हुने खतरा बढ्यो : वरिष्ठ नेता पौडेल


१९ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे ।

उनले भने, “देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।”

अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनले जिकिर गरे । अहिले देशमा जोशी जस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको नेता पौडेलले बताए ।

उनले भने, “जोशी एक योग्य र इमान्दार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पूर्ति कसरी गर्ने ।”

कांग्रेसले एक कुशल नेता गुमाउनु परेकामा दुःख लागेको नेता पौडेलले बताए । नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको बताउँदै उनले जोशीको समर्पणलाई पूरा गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्वमन्त्री यज्ञबहादुर थापा, तनहुँ कांग्रेसका सभापति वैकुण्ठ न्यौपाने, नवलपुरका सभापति विष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङका सभापति रमेश धमलालगायतले नेता जोशीको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमपश्चात् कांग्रेसका वरिष्ठ नेतासहितको उपस्थितिमा स्व जोशीको अस्तु उनका दाजु राजुराज जोशीले देवघाटको वेणी सङ्गममा विसर्जन गरेका थिए । स्व जोशीको आमाको चाहनाअनुसार अस्तु देवघाटमा विसर्जन गरिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ६ : ०४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका