सभामुख सापकोटा र इजरायली राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

सभामुख सापकोटा र इजरायली राजदूतबीच भेटवार्ता


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने बताउँदै त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको बताएका छन् ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेटमा उनले नेपाल र इजरायलबीचको छ दशक पुरानो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा सहकार्य र साझेदारीमा जोड दिए ।

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै सभामुख सापकोटाले दुई देशका संसद्–संसद्बीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट थप प्रयत्न हुने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत द्विपक्षीय गतिविधिले परिस्थिति सहज हुनेबित्तिकै गति लिने विश्वास व्यक्त गरे ।

इजरायल–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत गोडेरले भूगोलका हिसाबले दुवै देशका साना भए पनि भाषा, संस्कृति र परम्परामा समृद्ध रहेका तथा आपसी सहकार्यका प्रशस्त सम्भावना रहेका बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ७ : ०० बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत