महाकालीमा एकतर्फी तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसँग वार्ता गर्न निर्देशन « Khabarhub

महाकालीमा एकतर्फी तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसँग वार्ता गर्न निर्देशन


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसंग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेका विषयमा अविलम्व भारतसँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

अति संवेदनशील विषयमा पनि सरकारको कुनै धारणा नआएकाले यथाशीघ्र यस विषयमा समितिलाई जानकारी गराउन समेत सरकारलाई निर्देशन दिइएको समिति सभापति निरादेवी जैरुले बताइन् ।

उनले तटबन्ध निर्माणका विषयमा गम्भीर भएर आवश्यक कदम चाल्न पनि सरकारलाई भनिएको जनाइन् ।

बैठकमा सांसद भीम रावलले नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारले तत्काल वार्ता गर्नुपर्ने बताए । उनले एकतर्फी रूपमा तटबन्ध निर्माणमा सरकारले कुनै चासो नलिनु सरकारको लापरबाही भएको तर्क गरे ।

त्यस्तै सांसद लक्ष्मी परियारले दार्चुला सदरमुकाम पारिपट्टि भारतले एकतर्फी रूपमा तटबन्ध बनाइरहँदा त्यहाको जनताको सुरक्षाको विषय प्रमुख भएको धारणा राखिन् ।

त्यस्तै अन्य सांसदहरुले महाकालीको बहाव परिवर्तन गरेर तटबन्ध निर्माण हुँदा पनि सरकारको आँखा नपुग्नु निकै दुखद अवस्था भएको बताएका थिए ।

भारतले अहिलेसम्म तटबन्धको फाउन्डेसनका लागि करिब ८० मिटर खनिसकेको र २० मिटरमा फाउन्डेसन राखेको सांसदहरुको जनाएका छन् । तटबन्धसँगै बनाइने स्परले नदीको बहाव धकेल्ने र नेपालतर्फ जोखिम बढ्ने खतरा रहेको उनीहरुको भनाइ छ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ०६ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई