भौगोलिक अखण्डताको रक्षामा सरकार ‘गम्भीर नबनेको’ नेता रावलको आरोप « Khabarhub

भौगोलिक अखण्डताको रक्षामा सरकार ‘गम्भीर नबनेको’ नेता रावलको आरोप


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले महाकालीमा भारतले एकतर्फी तटबन्ध निर्माण जारी राख्दा समेत सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।

संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा नेता रावलले अति संवेदनशील विषयमा पनि सरकारको कुनै धारणा नआउनु लापरबाही भएको बताएका हुन् ।

उनले भने, ‘यस विषयमा सरकारले चासो नलिनु लापरबाही हो, नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारले तत्काल वार्ता गर्नुपर्छ।’

संसदीय समितिको बैठकले दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : १५ बजे

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप