आइपीएल क्रिकेट :  बैंगलोरविरूद्ध पञ्जाबको जित « Khabarhub

आइपीएल क्रिकेट :  बैंगलोरविरूद्ध पञ्जाबको जित


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ ।

अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो ।

पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जावाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे । रजत पतिदारले ३१ रन बनाए । हर्सल पटेलले ३१ रन बनाउँदा केली जेमिसन १६ रनमा अविजित रहे ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए । यस्तै क्रिस गेलले ४६ रन जोड्दा हरप्रितले अविजित रहदै २५ रन बनाए ।

जितसँगै पन्जाब ७ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ । पराजयका बाबजुद बैंगलोर भने शीर्ष तीनभित्र कायमै छ ।

बैंगलोर ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : १६ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम