महामारी एउटा हो कि दुइ वटा ?
एक वर्षअघि सोधिएको प्रश्न हो यो । समृद्ध देश जहाँको कुल जनसंख्या विश्वको जनसंख्याको तुलनामा १५ प्रतिशत हुन आउँछ त्यहाँ कोभिड–१९ का कारण निधन हुने मानिसको संख्या विश्वभर कोभिडका कारण निधन भएको कुल संख्याको ८० प्रतिशत थियो ।
के समृद्ध देश त्यहाँको वृद्ध जनसंख्याका कारण जोखिमयुक्त अवस्थामा थियो ? अथवा व्यक्तिवादी सोचका कारण महामारीको जोखिमलाई खासै सर्तकताका साथ लिएका थिएनन् ?
त्यस अवस्थामा पनि केही व्यक्तिहरूले खराब अवस्था अझै आउन बाँकी नै रहेको भन्दै चेतावनी दिएका थिए । गरिब देशमा यो रोग सल्किएपछि अवस्था चिन्ताजनक हुने उनीहरूको अनुमान थियो ।
विश्व बैंकका विश्लेषक फिलिप स्केल्लेकन्स र डिएगो सोरुइलले विकासशील देशमा भाइरसको सक्रमण ‘तीव्र गति’ मा हुने अनुमान गरेका थिए । जनघनत्वको आधारमा उनीहरूले विकासशील देशमा मृत्युदर ७० प्रतिशतसम्म हुने अनुमान गरेका थिए । महामारी अन्त्य हुन अझै निकै समय लाग्ने हुँदा कतै उनीहरूको अनुमान नै गलत थियो कि भन्ने आशंका पनि गर्न सकिन्छ ।
गत हप्ता विश्वभर नै करिब ५ दशमलव ८ मिलियन मानिस कोरोना संक्रमित भए । यो हालसम्मकै उच्च संख्या हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म करिब ३ मिलियन मानिसको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनलाई आधार मान्ने हो भने अस्पतालमा भर्ना हुने अधिकांश मानिस २५ देखि ५९ वर्ष उमेर समूहका छन् । कोरोनाका कारण मर्नेको संख्या १ मिलियन पुग्न करिब नौ महीना लागेको थियो । यस्तै दुई मिलियन पुग्न ४ महीना लागेको थियो । तीन मिलियन पुग्न जम्मा तीन महीना लागेको थियो ।
यो तथ्यांक विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अदनोम घब्रेयससले गत हप्ता दिएका हुन् ।
पछिल्लो हप्ता कोरोना संक्रमणको उच्चदर दक्षिण पूर्वी एसियामा देखिएको छ । यसमा भारतसँग पूर्वी भूमध्य सागर र पश्चिम प्रशान्त क्षेत्रका इलाका रहेका छन् । ल्याटिन अमेरिकामा पनि अवस्था भयावह छ । रोगजारीका लागि ब्राजिल पुगेका मानिसहरू अहिले त्यहाँ उत्पन्न मानवीय संकटका कारण त्यहाँबाट भागिरहेका छन् ।
भारत र ब्राजिलमा कोभिड यत्रतत्र फैलिँदा यो अझ भयावह हुन सक्ने र नयाँ खालको भेरियन्टको विकास हुन सक्ने सम्भावना छ । हामीलेसन्तोष मान्ने अवस्था छैन । भ्याक्सिन प्रयोगको सन्तुलन मिलाउनुपर्ने हुन्छ ।
अहिले पनि केही समृद्ध देशमा संक्रमण दर उच्च छ । यसमा अमेरिका, युरोप लगायतका देश सामेल छन् । त्यहाँ चालु भएको भ्याक्सिन कार्यक्रमका कारण संक्रमणको दर केही हदसम्म नियन्त्रणमा आउने अनुमान गरिएको छ । अमेरिकाका केही राज्यहरूमा मास्क लगाउनु नपर्ने निर्णय अचानक गरिएको छ । बेलायत सरकारले अप्रिलको शुरूवातमा पर्वहरू सञ्चालन गर्न दिने निर्णय गरेर मानिसहरूलाई थप आशावादी बनाएको छ ।
यस्तै त्यहाँका समाचार माध्यममा कोरोना सम्बन्धित समाचार प्रमुख समाचार बन्न छोडेका छन् । डरले दिमागलाई संकुचित बनाउँछ । पछिल्लो समय डरको मात्रा कम हुँदै गएको छ ।
हामीले फेरि यो प्रश्न दोहोर्याउँदा क्षमा गरिदिनु होला तर हामी सोध्छौँ, महामारी एउटा छ अथवा दुईवटा ?
अब भने यो प्रश्नको अलग अर्थ लाग्छ । सबै कुरा बद्लिसकेको छ ।
सबै किसिमका अज्ञानता थाँती राखेर सोच्ने हो भने कोभिड कुनै न कुनै प्रकारले रहन्छ नै । यसलाई इतिहासमा महामारीकै रूपमा याद गरिनेछ । यसले गरिबलाई सबैभन्दा बढी प्रभाव पार्नेछ ।
वास्तवमा महामारी एउटा मात्रै हो । हामी यसले देशलाई पारेको प्रभाव र प्रक्रियाको तहमा गएर सोच्छौँ अथवा क्षेत्रीय स्तरबाट सोच्छौँ । यो प्रश्नको गहनता बुझ्न तपाईं एक कदम पछि हटेर वैश्विक स्तरमा सोच्नुपर्छ ।
सबै किसिमका अज्ञानता थाँती राखेर सोच्ने हो भने कोभिड कुनै न कुनै प्रकारले रहन्छ नै । यसलाई इतिहासमा महामारीकै रूपमा याद गरिनेछ । यसले गरिबलाई सबैभन्दा बढी प्रभाव पार्नेछ ।
तपाईं कहाँ हुनुहुन्छ भन्ने आधारमा कतिको सचेत हुने भन्ने थाहा हुन्छ । भ्याक्सिन कोरोना रोकथामका लागि प्रभावकारी छ र त्यसले संक्रमण दर बढ्न नदिएको उदाहरण पनि हामी सामु छ । भ्याक्सिन दिने काम सन्तुलित हिसाबमा भएको छैन ।
हालसम्म एक तिहाई अमेरिकीहरूले भ्याक्सिन प्राप्त गरेका छन् । घानाका २ प्रतिशत जनताले मात्रै भ्याक्सिन पाएका छन् । इजरायलका जनताले पहिलो भ्याक्सिन प्यालेस्टाइनका जनताको तुलनामा २० प्रतिशत बढी पाएका छन् ।
अझै केही देश छन् जहाँ हालसम्म पनि भ्याक्सिन लगाइएको छैन ।
देशभित्रै पनि भ्याक्सिन प्राप्त गर्ने र नगर्नेका बीच खाडल छ । केही स्थानमा भ्याक्सिन लगाउन मानिसले आनाकानी गरेका छन् । अमेरिकाका स्वास्थ्यकर्मीहरूले हालै गरेको एक सर्वेक्षणअनुसार करिब ४८ प्रतिशत मानिसले अझै भ्याक्सिन लगाउन बाँकी छ, जसमा १८ प्रतिशत मानिस भ्याक्सिन लगाउन नै चाहँदैनन् ।
कोरोनाका कारण देशभित्र कम मानिसको निधन भएको देखेर हुनसक्छ हङकङका मानिस भ्याक्सिन केन्द्रसम्म जान पनि चाहँदैनन् ।
पछिल्लो समय कोरोना संक्रमण दर र मृत्युदर बढ्नुमा नयाँ भेरियन्टको प्रभाव रहेको छ । यो चीनमा पहिलो देखिएको भन्दा झनै संक्रामक छ । त्यसमा पनि केही त अति नै घातक छ । ।
राम्रो समाचार भनेको भ्याक्सिनले भाइरसविरुद्ध लड्न सहयोग पुर्याउँछ भन्ने हो । केही देशमा भ्याक्सिनको कम प्रयोगले गर्दा अवस्था नाजुक हुन सक्ने कुरालाई भने नकार्न सकिँदैन ।
स्वास्थ्य क्षेत्र नै संकटमा परेको अवस्थामा कोरोना बाहेकका अन्य बिरामीले पनि सही उपचार प्राप्त गर्न सकेका छैनन् । स्वास्थ्य जनचेतनाको अभियानमा पनि असर पुगेको छ । आउँदा दिनमा एचआईभी र मेलेरियाजस्ता रोग बढ्न सक्ने देखिन्छ ।
उहादरणका लागि, अक्सिजनविना कोभिड बिरामीको उपचार गर्न नै सकिँदैन तर विश्वभर नै अक्सिजनको आपूर्ति कम छ । पेरुमा अस्पतालहरू संकटमा छन् । त्यहाँ मानिसहरू अक्सिजन सिलिन्डर भर्न रातरातभर लाइनमा बस्नुपर्ने अवस्था रहेको समाचार आइरहेको छ । अक्सिजन प्राप्त गर्न सकेको अवस्थामा घरमा रहेका आफन्तको हेरविचार गर्न सहज हुने अपेक्षासहित उनीहरू लाइनमा बसेका छन् ।
स्वास्थ्य क्षेत्र नै संकटमा परेको अवस्थामा कोरोना बाहेकका अन्य बिरामीले पनि सही उपचार प्राप्त गर्न सकेका छैनन् । स्वास्थ्य जनचेतनाको अभियानमा पनि असर पुगेको छ । आउँदा दिनमा एचआईभी र मेलेरियाजस्ता रोग बढ्न सक्ने देखिन्छ ।
विकासशील देशमा कोरोना संक्रमण बढ्नुको कारण जनघनत्व मात्रै होइन ।
भ्याक्सिन राष्ट्रियताको सोच कमजोर बनाउँदै कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वका करिब २० प्रतिशत जनतालाई भ्याक्सिन लगाउने लक्ष्य लिएको छ । अहिलेको अवस्थामा उसको उक्त लक्ष्य पूरा हुने सम्भावना भने कम देखिन्छ ।
यो लक्ष्य पूरा भइहाल्यो भने पनि विश्वका एक चौथाइ जनसंख्याले प्राकृतिक माध्यबाट रोगप्रतिरोधात्मक क्षमता हासिल गर्ने सम्भावना बढी देखिन्छ ।
यो रोगले अझै पनि वृद्ध मानिसलाई बढी आक्रमण गर्न सक्छ । तुलनात्मक हिसाबमा गरिब देशमा भन्दा समृद्ध देशमा वृद्धवृद्धाको जनसंख्या बढी छ । भारतमा ६० वर्षभन्दा बढी उमेरका मानिसको संख्या जपानको तुलनामा तीन गुणा बढी छ । तर, पनि जपानलाई वृद्धहरूको देश भनिन्छ ।
विकासशील देशमा संक्रमणको दर बढ्दै छ । सापेक्षितरूपमा धेरै नभए पनि त्यहाँ मृत्यु हुनेको संख्या बढ्दो छ ।
कोरोनाका कारण मर्नेको संख्या सन् २०२० को तुलनामा २०२१ मा कम होस् भन्ने अपेक्षा राख्न सक्छौँ । भ्याक्सिनले आफ्नो काम गर्दै गरेको हुनाले पनि यस्तो अपेक्षा राख्न सकिन्छ । यसो भए पनि गरिब देशबाट मृत्यु हुनेको संख्या भने बढ्ने नै छ ।
हामीले यो सोच एकछिन थाँती राख्दै धनी देशहरू पनि अझै जोखिमबाट बाहिर नआएको कुरा मनन गर्नुपर्छ । भारत र ब्राजिलमा कोभिड यत्रतत्र फैलिँदा यो अझ भयावह हुन सक्ने र नयाँ खालको भेरियन्टको विकास हुन सक्ने सम्भावना रहन्छ । त्यसैले हामीले अहिले नै सन्तोष मानिहाल्नुपर्ने अवस्था छैन । भ्याक्सिन प्रयोगको सन्तुलन मिलाउनुपर्ने हुन्छ । यो महामारी हो र यसको अर्थ यो वैश्विक छ भन्ने हो ।
(लौरा स्पिन्नी विज्ञानका क्षेत्रमा कलम चलाउने पत्रकार एवंम लेखक हुन् । उनका हालै ‘पेल राईडर : द स्पेनिश फ्लु अफ १९१८ एन्ड हाउ इट चेन्ज्ड् द वल्र्ड’ नामक पुस्तक प्रकाशित छ । २७ अप्रिल २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया