भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो « Khabarhub

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ ।

भियतनाको होचिमिन सिटीस्थित थोङ न्हाट खेल मैदानमा आज भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । तेस्रो चरणमा नेपालको यो लगातार चौँथो हार हो ।

समूह एफअन्तर्गत भियतनामविरुद्धको आजको खेल नेपालमा आयोजना हुने भनिएकामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एसियन कप छनोट खेल खेलाउन सम्भव नभएकाले नेपाली टोलीले भियतनाममा गएर खेल्नुपरेको हो ।

आजको खेलमा नेपाल भियतनामसँग पराजित भएसँगै नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ । यसअघि भियतनामविरुद्धको ‘अवे’ खेलमा भने नेपाल ३–१ ले पराजित भएको थियो । त्यसअघि नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो भने लाओससँग २–१ ले पराजित भएको थियो । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।

आजको खेलमा नेपालका सुमन श्रेष्ठले खेलको पहिलो हाफमा गरेको आत्मघाती गोलमा भियतनाम विजयी भएको हो । खेलको पाँचौँ मिनेटमा सुमनबाट आत्मघाती गोल भएको थियो । योसँगै चार खेल हारेको नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ३५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल