देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा | Khabarhub Khabarhub

देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभर मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित वर्षा भइरहेको छ ।

आज दिउँसो पनि पहाडी र तराईका केही भू-भागमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

बैशाख १८ गते (शनिबार)

दिउँसो:   देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केहि र तराईका भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

राति :  प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

बैशाख १९ गते (आइतबार)

दिउँसो:   प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

राति :  प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

बैशाख २० गते (सोमबार)

दिउँसो:   देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति :  प्रदेश नं १, प्रदेश नं २ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : २० बजे

कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड

‘कुलिङ पिरियड’विरुद्ध संशोधन प्रस्तावबारे शेखरले भने- एमालेले दोहोरो चरित्र देखायो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका सांसदहरूले हाल राष्ट्रियसभामा विचाराधीन बहुचर्चित

इटहरीको ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको मृत्यु

इटहरी– इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।

सनिशा बनिन् ‘पोखरा निन्जाज’को ब्रान्ड एम्बेस्डर

काठमाडौं – नायिका सनिशा भट्टराई एभरेस्ट वुमन्स भलिबल लिग अन्तर्गतको

विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न प्राधिकरणलाई आग्रह

काठमाडौं– मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार