गरुड पुराणमा समावेश जीवन उपयोगी ५ काम | Khabarhub Khabarhub

गरुड पुराणमा समावेश जीवन उपयोगी ५ काम


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गरुड पुराण हिन्दू धर्मको प्रसिद्ध धार्मिक ग्रन्थ मध्ये एक हो । हिन्दू धर्मको १८ पुराण मध्ये एक गरुड पुराणमा व्यक्तिको जीवनका बारेमा उपयोगी कुराहरु उल्लेख गरिएको छ ।

गरुड पुराण भगवान विष्णुको भक्ति र ज्ञानमा आधारित छ । यस पुराणमा नीति सम्बन्धी सार तत्व, आयुर्वेद, ज्योतिष शास्त्र, सामुद्रिक शास्त्र, धर्म शास्त्र, व्रत–उपवास र जप–तप–कीर्तनका बारेमा विस्तार गरिएको छ । गरुड पुराणको आचार काण्डमा हाम्रो दैनिक दिनचर्याका बारेमा भनिएको छ :

स्नानं दानं होमं स्वाध्यायो देवतार्तनम् ।
यस्मिन् दिने न सेव्यन्ते स वृथा दिवसो नृणाम् ।।

अर्थात : यदि कुनै व्यक्ति दिनको शुभ बितोस् भनेर कामना गर्दछ भने उसले नियमित स्नान, दान, हवन, जप र देवपूजन अवश्य गर्नु पर्दछ । किन यी ५ कुरा महत्वपुर्ण छ त ?

१. स्नान : गरुड पुराणका अनुसार स्नान गर्नु हरेक व्यक्तिको दिनचर्याको सबैभन्दा अहम हिस्सा हो । त्यसैले हरेक व्यक्तिले दिनको शुरुवात स्नानद्धारा गर्नु पर्दछ । यसो गर्दा शरीर र मन दुबै पवित्र हुन्छ र दिन शुभ रहने गर्दछ ।

२. दान : कैयौं धर्म ग्रंन्थ र पुराणमा दानको महत्वका बारेमा बताइएको छ । त्यसैले हरेक व्यक्तिले श्रद्धा भावका साथ दैनिक केही न केही दान गर्नु पर्दछ । यसो गरेमा देव कृपा प्राप्त भई घरमा धनको कमी नहुने र सुख–शान्ति बनीरहने धार्मीक विश्वास गरीन्छ ।

३. होम वा दीप बाल्नु : घरमा सुख शान्ति तब मात्र सम्भव छ जब घरमा सकारात्मक उर्जाको सञ्चार हुन्छ । त्यसैले दैनिक घरमा दियो बाल्नु पर्दछ । अझ दैनिक हवन गर्न सके यो झन् शुभ मानिन्छ । सम्भव नभए दीयोसम्म भए पनि बाल्नु पर्ने धार्मीक मान्यता छ । यसो गरेमा हरेक काममा सफलता पाउन सकिने धार्मीक विश्वास गरिन्छ ।

४. जप : हरेक व्यक्तिले दैनिक केही समय जप गर्न छुट्याउनु पर्ने धार्मीक मान्यता छ । मंत्रको उच्चारण वा मन्त्र जप गर्दा मन शान्त हुने र आसपासका नकारात्मक एनर्जी दुर भएर जाने गर्दछ । साथै मन्त्रोच्चारणले शुभ फल प्राप्त गर्न सकिने धार्मीक विश्वास छ ।

५. देव पुजन : जसरी शरीरलाई शुद्ध पार्न दैनिक स्नान गर्न आवश्यक छ त्यसरी नै दैनिक श्रद्धाभावपूर्वक भगवान अर्थात देव पूजन गर्न पनि आवश्यक छ । यसो गरेमा व्यक्तिको परिवारमा ईश्वरको कृपा बनिरहने र सबै प्रकारका संकटबाट मुक्त हुन सकिने धार्मीक विश्वास गरिन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ३ : ०१ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन