थाहा पाउनुहोस ड्राई फ्रुट्स खाँदा हुने फाइदा | Khabarhub Khabarhub

थाहा पाउनुहोस ड्राई फ्रुट्स खाँदा हुने फाइदा


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स खान कसलाई मन नपर्ला र ? स्वादका कारण धेरैले यस प्रकारका फ्रुट्स सबैले मन पराउँछन् । तर फि फल केवल स्वादकालागि नभई कतिपय रोगको निदानमा पनि उपयोगी हुन्छ ।

सातामा हरेक दिन केहि दाना ड्राई फ्रुट्सको सेवन गरेमा हृदयघात र मस्तिष्कघातको जोखिम घट्दछ । यस्ता फलमा प्रोटिन मात्र नभएर स्वस्थकर फ्याट र मुटुकालागि आवश्यक अन्य पोषक तत्व पनि पाइन्छन् । साथै रगतमा कोलेस्टेरोल घटाउने तत्व पनि पाइन्छ ।

यस्ता फलमा फाइबर र शरीरमा जलन न्यून पार्ने पोषक तत्व पनि पाइने युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी पब्लिक हेल्थ असिस्टेन्ट प्रोफेसर डा लरी राइटले बताएकि थिइन् । उनका अनुसार दैनिक २८ ग्राम नट्स (हाडे बदाम, काजु, ओखर र बदाम लगायत) खानु अत्यन्त स्वस्थकर हुन्छ ।

कतिपय मासु जस्तै बफ (राँगाभैंसीको मासु), पोर्क (सुँगुरको मासु), दुग्धजन्य पदार्थ, नौनी र नरिवलमा पाइने स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट मुटुकालागि हानिकारक हुन्छ । तर, माछा, कुखुराको मासु, विभिन्न खालका बदाम (नट्स), ओलिभ ओयल, एभोकाडोमा पाइने मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट भने मुटुकालागि फाइदाजनक छन् ।

यस अलावा चकलेटमा हालिएका, नुन मिसाइएका वा भुटिएका नट्स खानुभन्दा सादा नट्स खानु बढि लाभदायी हुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १२ : ०५ बजे

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु