थाहा पाउनुहोस ड्राई फ्रुट्स खाँदा हुने फाइदा « Khabarhub

थाहा पाउनुहोस ड्राई फ्रुट्स खाँदा हुने फाइदा


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स खान कसलाई मन नपर्ला र ? स्वादका कारण धेरैले यस प्रकारका फ्रुट्स सबैले मन पराउँछन् । तर फि फल केवल स्वादकालागि नभई कतिपय रोगको निदानमा पनि उपयोगी हुन्छ ।

सातामा हरेक दिन केहि दाना ड्राई फ्रुट्सको सेवन गरेमा हृदयघात र मस्तिष्कघातको जोखिम घट्दछ । यस्ता फलमा प्रोटिन मात्र नभएर स्वस्थकर फ्याट र मुटुकालागि आवश्यक अन्य पोषक तत्व पनि पाइन्छन् । साथै रगतमा कोलेस्टेरोल घटाउने तत्व पनि पाइन्छ ।

यस्ता फलमा फाइबर र शरीरमा जलन न्यून पार्ने पोषक तत्व पनि पाइने युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी पब्लिक हेल्थ असिस्टेन्ट प्रोफेसर डा लरी राइटले बताएकि थिइन् । उनका अनुसार दैनिक २८ ग्राम नट्स (हाडे बदाम, काजु, ओखर र बदाम लगायत) खानु अत्यन्त स्वस्थकर हुन्छ ।

कतिपय मासु जस्तै बफ (राँगाभैंसीको मासु), पोर्क (सुँगुरको मासु), दुग्धजन्य पदार्थ, नौनी र नरिवलमा पाइने स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट मुटुकालागि हानिकारक हुन्छ । तर, माछा, कुखुराको मासु, विभिन्न खालका बदाम (नट्स), ओलिभ ओयल, एभोकाडोमा पाइने मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट भने मुटुकालागि फाइदाजनक छन् ।

यस अलावा चकलेटमा हालिएका, नुन मिसाइएका वा भुटिएका नट्स खानुभन्दा सादा नट्स खानु बढि लाभदायी हुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १२ : ०५ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको