कोरोना संक्रमितको उपचारमा सरकार गैरजिम्मेवार–कांग्रेस « Khabarhub

कोरोना संक्रमितको उपचारमा सरकार गैरजिम्मेवार–कांग्रेस


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।

सरकारले संक्रमितको उपचारका लागि बेड अभाव भएको सार्वजनिक गरेपछि कांग्रेसले त्यसलाई गैरजिम्मेवार भनेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै भनेका छन्,‘ प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन, नागरिकलाई ढाडस बन्नुपर्छ । ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद ! युद्धस्तरमा समाधान खोजौं !’

विज्ञप्तीमा अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको उल्लेख छ ।

काँग्रेसले कोरोना महामारीको संकट चुलिदै गएका बेला सरकारले पुरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताएको, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गरेको, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगरेको र तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने सरकारले अहिले बेड छैन भनेर निरीहता प्रदर्शन गरेको बताएको छ ।

प्रवक्ता शर्माले विज्ञप्ती जारी गर्दै भनेका छन्,‘अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार हो यो ।’

निरीहता र अयोग्यताले अहिलेको संकट पार लगाउन नसकिने भन्दै प्रवक्ता शर्माले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपील गरेका छन् ।

बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो सार्वजनिक गरेर निजी क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा सहकार्य गर्न कांग्रेसले आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १२ : ४५ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र