कोरोना संक्रमितको उपचारमा सरकार गैरजिम्मेवार–कांग्रेस « Khabarhub

कोरोना संक्रमितको उपचारमा सरकार गैरजिम्मेवार–कांग्रेस


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।

सरकारले संक्रमितको उपचारका लागि बेड अभाव भएको सार्वजनिक गरेपछि कांग्रेसले त्यसलाई गैरजिम्मेवार भनेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै भनेका छन्,‘ प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन, नागरिकलाई ढाडस बन्नुपर्छ । ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद ! युद्धस्तरमा समाधान खोजौं !’

विज्ञप्तीमा अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको उल्लेख छ ।

काँग्रेसले कोरोना महामारीको संकट चुलिदै गएका बेला सरकारले पुरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताएको, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गरेको, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगरेको र तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने सरकारले अहिले बेड छैन भनेर निरीहता प्रदर्शन गरेको बताएको छ ।

प्रवक्ता शर्माले विज्ञप्ती जारी गर्दै भनेका छन्,‘अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार हो यो ।’

निरीहता र अयोग्यताले अहिलेको संकट पार लगाउन नसकिने भन्दै प्रवक्ता शर्माले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपील गरेका छन् ।

बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो सार्वजनिक गरेर निजी क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा सहकार्य गर्न कांग्रेसले आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १२ : ४५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर