डिस्चार्जपछि मदनकृष्णको सन्देश–‘कोरोना कहरका बेला सबैलाई माया गरौं’ « Khabarhub

डिस्चार्जपछि मदनकृष्णको सन्देश–‘कोरोना कहरका बेला सबैलाई माया गरौं’


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमणलाई पराजित गर्दै मेडिसिटी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण भएपछि उनलाई आठ दिन अघि अस्पताल भर्ना गरिएको थियो । डिस्चार्ज भएर घर आउनासाथ उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह गरेका थिए ।

यस्तो छ उनको भिडियो सन्देशः–

आदरणीय दर्शकहरु । ८ दिन मेडिसिटीमा उपचार गरेर म डिस्चार्ज भएर घर आएको छ । खुशी लागिरहेको छ । अस्पतालको सेवा राम्रो थियो । तर यो दुःखको घडिको हो ।

संसारलाई महासंकट पारेको र प्रलयको रुपमा आएको कोरोना कहरका बेला सबैलाई माया गरौं । सबैको हित सोचौं । केही छैन जिन्दगी ‘केही छैन’ । शरीर फलाम जस्तो लाग्थ्यो पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । तर हावा रहेछ सबै शरीरमा केही रहेनछ ।

त्यसैले कसैले पनि कसैलाई पोलिटिकल इख बिख पोखेर आफ्नो मनलाई फोहोर नबनाऔं, बिन्ती छ । सबैले सबैलाई राम्रो गरौं, भलाई सोचौं, केही फाइदा छैन वैमनस्यता राखेर । मनमा राक्षसीपन पलाउने हैन, भगवान पलाउनुपर्छ । यो हामी सबैलाई थाहा भएको कुरा हो मैले खाली सम्झाउन मात्रै खाजेको हो ।

यो कोरोनाले शरीर एकदमै गल्दो रहेछ । पहिलाको कोरोनाले इमिनिटी पावर जिरो बनाउने रहेछ, तर इनर्जी रहिरहने रहेछ । तर अहिलेको कोरोना त्यसको ठीक उल्टो रहेछ । अहिलेको कोरोनाले इमिनिटी रहने तर इनर्जी पावर जिरो । शरीरमा इनर्जी नै छैन । प्लेटको भात शुद्ध चम्चाले लिन नसकिने । मुखमा पु¥याउने त परको कुरा ।

मेरो परिवारका पाँचै जनालाई कोरोना संक्रमणले छोयो । परिवारका कसैलाई बाँकी राखेन । सबैलाई झ्पाप्पै पार्ने रहेछ । परिवारमा कसैले कसैलाई वास्ता गर्न सक्ने स्थिति थिएन । पानी तताएर दिने अवस्था थिएन ।

म ८ दिन अस्पताल बसेर आए । मनमा भगवान भएका छिमेकीहरु पाएर म आफूलाई एकदम भाग्यमानी ठानिरहेको छु । मेरो परिवारका सदस्यहरुलाई उहाँहरुले ख्याल गर्नु भो । मिठोमिठो पकाएर खुवाउनुभयो । यस्तो सहयोग देशैभर हुनुपर्छ । सबैले सबैलाई प्रेमका आँखाले हेर्ने ।

सबै मिलेर कोरोनालाई जित्नुपर्छ । अरु त के भनौं र मास्क अत्यन्त जरुरी छ, मास्क लगाउनुहोला । असुरक्षित ठाउँमा नजानु होला । सामाजिक दूरी कायम गर्नुहोला । साबुन पानीले बेला बेला हात धुनुहोला ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ३ : २० बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले