मकवानपुरमा भोलिदेखि निषेधाज्ञा लागू हुने « Khabarhub

मकवानपुरमा भोलिदेखि निषेधाज्ञा लागू हुने


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२ बजेदेखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

यही वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जारी भएको निषेधाज्ञामा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अन्य अनावश्यक काम हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी रतमणि पाण्डेले जानकारी दिए । बैठकले अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइने, औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिन्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कशप नियमित सञ्चालन गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताए ।

उनका अनुसार, बैठकले जिल्लामा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधनबाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

त्यस्तै, बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भीडभाड नहुने गरी आलोपालो विधिबाट बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको प्रजिअ पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ३५ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा