कोरोनाबारे सचेतना जगाउन प्रदेश प्रमुख झा आफैँ निस्किए मास्क बाँड्न « Khabarhub

कोरोनाबारे सचेतना जगाउन प्रदेश प्रमुख झा आफैँ निस्किए मास्क बाँड्न


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश–२ का प्रमुख राजेश झा (अहिराज) ले शनिबार जनकपुरधा बजार क्षेत्रका पसल पसल पुगेर मास्क बाँडेका छन् ।

चर्को घामका बीच प्रदेश प्रमुख अहिराजले आफैले सर्वसाधारण जनतालाई मास्क वितरण गरेका हुन् ।

कोरोना माहामारीको दोस्रो लहरको क्रममा जनकपुरधाम लगायतका प्रदेश-२ का सबै जिल्ला प्रभावित रहेको समयमा प्रदेश प्रमुख अहिराजले स्वयम् जनकपुरधाम बजार अनुगमन गर्दै मास्क नलगाएका व्यापारी तथा सर्वसाधारणलाई महामारीबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै मास्क बाँडेका हुन् ।

सरकारले कोरोना संक्रमण तीव्र गतिमा फैलिने विभिन्न जिल्लाको सूचीमा धनुषालाई समेत सूचीकृत गरेको समयमा जोखिम बढ्न नदिन स्थानीयले मास्क लगाए/नलगाएको भन्ने बारे अनुगमन गर्नकै लागि प्रदेश प्रमुख अहिराज जनकपुरधाम बजार घुमेको प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडेले जानकारी दिए ।

सचिव गैडेका अनुसार जनकपुरधामस्थित मिल्स एरियाबाट शिव चोकसम्म पैदल हिँडेरै पसले तथा बजारमा सामान किनमेल गर्न निस्केकाहरूमध्ये मास्क नलगाएकालाई प्रदेश प्रमुख अहिराजले मास्क बाँडेका थिए ।

कोरोना महामारीबाट प्रदेश-२ मा अतिप्रभावित जिल्लाहरूमध्ये धनुषासमेत एक रहेकाले सबैलाई यस महामारीबाट सचेत रहन र अरुलाई सुरक्षित तुल्याउनका लागि प्रदेश प्रमुख आफैंले मास्क बाँडेको र अरुलाई पनि मास्क लगाउनका लागि अभिप्रेरित गरेको सचिव गैडेले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : २१ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा