मदनकृष्ण लेख्छन्– जनता नै भएन भने कसलाई शासन गर्ने ? « Khabarhub

मदनकृष्ण लेख्छन्– जनता नै भएन भने कसलाई शासन गर्ने ?


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले सरकारलाई कोरोनालाई पहिलो प्राथमिकतामा राखी सबैतिरबाट भ्याक्सिन ल्याएर जनतालाई भ्याक्सिन दिई ज्यान बचाउन सुझाव दिएका छन् ।

कोरोना संक्रमणका कारण पहिलो पटक ८ दिन र फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर एक हप्ताअघि मात्र घर आइपुगेका मदनकृष्णले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’ उनले लेखेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन, अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो । बेला बेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।’

उनले सबैको माया, शुभेक्षा, प्रार्थना र आशिर्वादको बलले कोरोनाले आफूलाई जित्न नसकेको बताएका छन् ।

‘पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठबस गरेर ह्वाँ… ह्वाँ…रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो’, उनले लेखेका छन् ।

मदनकृष्णले शरीरमा केही मात्रामा शिथिलता भए पनि विस्तारै कम हुँदै गएको जनाएका छन् । आफूलाई डाक्टरहरुले शरीरमा एन्टीबडी बनिसकेको बताएको खुलाएका छन् । उनका अनुसार घरका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

‘जे होस बाँचियो बा !’, उनले लेखेका छन्, ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद ।’

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : ४४ बजे

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबारे भिडियो

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै 

काठमाडौं– केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला