जसपाको दर्ता किताबबाट ठाकुरको नाम हटाउन निर्वाचन आयोगलाई यादवको पत्र « Khabarhub

जसपाको दर्ता किताबबाट ठाकुरको नाम हटाउन निर्वाचन आयोगलाई यादवको पत्र


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा) का एक अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ । चार नेतामाथिको कारबाहीसँगै जसपा विभाजनले ‌औपचारिकतासमेत पाएको छ ।

यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् । आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।

यादवले चार नेतालाई निष्कासन गरिएको जानकारी गराउँदै आयोगलाई लेखेको पत्रमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को १ २ र ३ बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाई अद्यावधिक गर्न हुन अनुरोध गरिन्छ । ‘

जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको छ । महन्थ ठाकुर पक्षले पनि लगत्तै यादवमाथि निष्कासनको कारवाहीको निर्णय गरेको छ ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ४ : ३१ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप