१ हजार ८९५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१ हजार ८९५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८९५ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ४९१ कोरोना संक्रमितको आईसीयूमा र ४०४ को भेन्टिलेटरमा गरी कुल १ हजार ८९५ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३४ जना आईसीयूमा र ६० भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १२० आईसीयूमा र ३० जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७२१ जना आईसीयूमा र २४६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १४९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७२ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा, कर्णालीमा ३७० जना आईसीयूमा र ५३ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४२ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयको विवरण

 

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : १५ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप