१ हजार ८९५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

१ हजार ८९५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८९५ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ४९१ कोरोना संक्रमितको आईसीयूमा र ४०४ को भेन्टिलेटरमा गरी कुल १ हजार ८९५ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३४ जना आईसीयूमा र ६० भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १२० आईसीयूमा र ३० जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७२१ जना आईसीयूमा र २४६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १४९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७२ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा, कर्णालीमा ३७० जना आईसीयूमा र ५३ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४२ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयको विवरण

 

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : १५ बजे

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने