वन संरक्षणमा समुदायको भूमिका प्रशंसनीय : वनमन्त्री आले « Khabarhub

वन संरक्षणमा समुदायको भूमिका प्रशंसनीय : वनमन्त्री आले


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातारणमन्त्री प्रेमबहादुर आलेले सामुदायिक वनको माध्यमद्वारा स्थानीय समुदायले वन क्षेत्रको संरक्षण गरेका कारण नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम भएको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घको २६ औँ स्थापना दिवशका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा मन्त्री आलेले आलेले नेपालको वन संरक्षण तथा व्यवस्थापनमा महासङ्घले महत्वपूर्ण भूमिका खेलेकामा प्रशंसा गरे । उनले भने, “महासङ्घले वन जोगाउन र संरक्षण गर्न खेलेको भूमिका प्रशंसनीय छ, उपभोक्ता तथा समुदायकै कारण अहिले नेपालमा वन जोगिएको हो ।”

मन्त्री आलेले ‘हरियो वन, नेपालको धन’ भन्ने नारा साकार पार्न सबैले वन क्षेत्रको संरक्षण तथा हरियाली बनाउन आवश्यक रहेको बताए । पछिल्लो समय नेपालको सामुदायिक वन संरक्षणको अभ्यास विश्वभरि नै परिचित भएको भन्दै मन्त्री आलेले उक्त कुराले गर्वको अनुभति भएको उल्लेख गरे ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : ३० बजे

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर