नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ अक्सिजन कन्सेन्टरेटर प्रदान गरिएको छ ।

आज अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई इन्गेज नेपालका डा दिबेश कर्माचार्यले ती अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

संस्थाका डा कर्माचार्यको समन्वय नेपालका लागि पूर्व अमेरिकाका राजदुत स्टक डेलिसि मार्फत् १० लि को ७५ लाख रुपैंयाँ बराबरको ती हाइपर्फमेन्स् अक्सिजन कन्सेन्टरेटर अस्पतालाई हस्तान्तरण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले नगरपालिका आफैँले सञ्चालनमा ल्याएको दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट र दाताबाट आएको अक्सिजन कन्सेन्टरेटरले बिरामीको उपचारमा थप सहयोग पुग्ने बताए ।

त्यसैगरी अस्पतालका लागि ‘वन लभ वन वल्र्ड’ नामको संस्थाले पाँच ह्विल चियर, तीन निबुलाइजर मेसिन, पाँच अक्सिमिटर, ५०० पञ्जा, नौ आईभि स्ट्याण्ड, पाँच कम्बोड, २५ वेडसिट २५ थ, दुई तौल मेसिन, पाँच युरिनल, पाँच वेडप्यान, बाल्टिन, तकियालगायतका सामाग्री संस्थाका निर्देशक ऋतु श्रेष्ठले नगर प्रमुख श्रेष्ठलाई हस्तान्तरण गरे ।

त्यस्तै अस्पताललाई चार सहकारी संस्थाले चार लाख ५९ हजार ९५० रुपैंयाँमा बराबरको पेसेन्ट मनिटर प्रदान गरेका छन् । अस्पतालमा आईसियू तथा भेन्टिलेटरमा रहेका बिरामीका लागि बाबा बचत तथा ऋण सहकारीका अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारीका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारीका अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारीका अध्यक्ष राकेश श्रेष्ठले सहकारीको बजेटमा खरिद गरी हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : १५ बजे

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,