मुगुमा पहिलो पटक कोरोनाबाट एकजनाको मृत्यु | Khabarhub Khabarhub

मुगुमा पहिलो पटक कोरोनाबाट एकजनाको मृत्यु


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धको ज्यान गएको छ । मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए ।

उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती वृद्ध अस्पताल जान नमानी घरमै जडिबुटी सेवन गरेर बसेको बताइएको छ ।

वृद्धको मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए । गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन । हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ८ : ३० बजे

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली