सहायक निर्देशकसँग डेटमा सारा « Khabarhub

सहायक निर्देशकसँग डेटमा सारा


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री सारा अली खान बलिउडको नयाँ अभिनेत्रीहरुमा सबैभन्दा चर्चामा आउने अभिनेत्री पर्छिन् । उनी व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवन पनि उत्तिकै चर्चाको विषय बनिरहेको छ ।

अभिनेता कार्तिक आर्यन, विजय देवरकोण्डालगायतका अभिनेतासँग यी अभिनेत्रीको नाम जोडिसकेको छ । अहिले भने यी अभिनेत्रीको नाम एक सहायक फिल्म निर्देशकसँग जोडिएको छ ।

सन् २०१८ मा रिलिज साराको डेब्यू फिल्म ‘केदारनाथ’का सहायक निर्देशक जेहान हाण्डासँग यतिबेला साराको नाम जोडिएको छ ।

सारा र जेहानको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्वीरमा दुवैलाई समुन्द्री किनारमा मस्ती गरिरहेको देखिएको छ । सारा र जेहाना पुरानो साथी पनि हुन् ।

उनीहरुको तस्वीर हेर्दा उनीहरु साथी भन्दा अगाडि बढिसकेको जानकारहरुले बताएका छन् । हालैमात्र जेहानले इन्स्टाग्राम स्टोरीमा सारासँगको एक तस्वीर शेयर गरिन् । तस्वीरमा उनीहरु एकअर्कालाई साइड हग गरिरहेको देख्न सकिन्छ । तस्वीर शेयर गर्दै साराले ‘लभ यु । मलाई यहाँ लैजाउ’ भनी लेखेकी छन् ।

साराको पछिल्लो जन्मदिनमा जेहानले कैयौं तस्वीर र भिडियो शेयर गरेका थिए । यसअघि सारा तेलुगु अभिनेता विजय देवरकोण्डासँग नजिकिएकी थिइन् ।

गत वर्ष अभिनेता सुशान्तसिंह राजपुतको निधन पछि सारालाई लागुऔषध अनुसन्धान निकाय एनसीबीले सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ११ : ४५ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको