सहायक निर्देशकसँग डेटमा सारा « Khabarhub

सहायक निर्देशकसँग डेटमा सारा


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री सारा अली खान बलिउडको नयाँ अभिनेत्रीहरुमा सबैभन्दा चर्चामा आउने अभिनेत्री पर्छिन् । उनी व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवन पनि उत्तिकै चर्चाको विषय बनिरहेको छ ।

अभिनेता कार्तिक आर्यन, विजय देवरकोण्डालगायतका अभिनेतासँग यी अभिनेत्रीको नाम जोडिसकेको छ । अहिले भने यी अभिनेत्रीको नाम एक सहायक फिल्म निर्देशकसँग जोडिएको छ ।

सन् २०१८ मा रिलिज साराको डेब्यू फिल्म ‘केदारनाथ’का सहायक निर्देशक जेहान हाण्डासँग यतिबेला साराको नाम जोडिएको छ ।

सारा र जेहानको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्वीरमा दुवैलाई समुन्द्री किनारमा मस्ती गरिरहेको देखिएको छ । सारा र जेहाना पुरानो साथी पनि हुन् ।

उनीहरुको तस्वीर हेर्दा उनीहरु साथी भन्दा अगाडि बढिसकेको जानकारहरुले बताएका छन् । हालैमात्र जेहानले इन्स्टाग्राम स्टोरीमा सारासँगको एक तस्वीर शेयर गरिन् । तस्वीरमा उनीहरु एकअर्कालाई साइड हग गरिरहेको देख्न सकिन्छ । तस्वीर शेयर गर्दै साराले ‘लभ यु । मलाई यहाँ लैजाउ’ भनी लेखेकी छन् ।

साराको पछिल्लो जन्मदिनमा जेहानले कैयौं तस्वीर र भिडियो शेयर गरेका थिए । यसअघि सारा तेलुगु अभिनेता विजय देवरकोण्डासँग नजिकिएकी थिइन् ।

गत वर्ष अभिनेता सुशान्तसिंह राजपुतको निधन पछि सारालाई लागुऔषध अनुसन्धान निकाय एनसीबीले सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ११ : ४५ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको