ब्रिटनीले हारिन् पितासँगकाे मुद्धा « Khabarhub

ब्रिटनीले हारिन् पितासँगकाे मुद्धा


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– ग्रामी अवार्ड विजेता अमेरिकी गायिका ब्रिटनी स्पीयर्स हालका दिनमा आफ्ना पितासँगको कानूनी मुद्धाका कारण चर्चामा छिन् । ब्रिटनीले आफ्नो पिता जेमी स्पीयर्सको संरक्षणबाट मुक्त हुनका लागि अदालतको ढोका ढकढक्याएकी थिइन् । उनले ‘कन्जरवेटरशिप’बाट मुक्त हुनका लागि कैयौं बयान दिएकी थिइन् ।

ब्रिटनीले जति प्रयास गरे पनि उनी यो मुद्धामा हारेकी छन् । उनलाई अदालतले कञ्जरवेटरशिपबाट स्वतन्त्र हुन दिएन । ब्रिटनी १३ वर्षयता पिता जिमीको संरक्षणमा छिन् ।

उनको पिता नै ब्रिटनीको करियर र जीवनलाई लिएर सबै निर्णय लिन्छन् । ब्रिटनीले अमेरिकाको लसएञ्जल्सस्थित अदालतसँग आफ्नो अपमानजनक संरक्षणको अन्त्य गर्न र आफ्नो जीवनलाई फिर्ता दिन आग्रह गरेकी थिइन् । ‘मलाई मेरो जिन्दगी र स्वतन्त्रता फिर्ता चाहियो । १३ वर्ष भइसकेको छ, अब धेरै भइसकेको छ’, उनले अदालतमा भनेकी थिइन् ।

ब्रिटनी मानसिक रुपले ठिक छैनन् । यी कारण उनका पिता २००८ देखि कानूनी रुपमा ब्रिटनीको हेरविचार गरिरहेका छन् । ब्रिटनीको निजी जीवन र आर्थिक मामलासँग जोडिएका विषयमा निर्णय लिने अधिकार जिमीसँग भएकाले पनि ब्रिटनीलाई तनाव भइरहेको हो ।

एक सुनुवाइका क्रममा ब्रिटनीले न्यायधिससँग आफूलाई १३ वर्षदेखि जबरजस्ती लागुऔषध सेवन गराउन बाध्य बनाइएको खुलाएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ४ : ४५ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको