प्रतिनिधिसभा विघटन मुद्दा : आजको बहसमा कसले के भने ? | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन मुद्दा : आजको बहसमा कसले के भने ?


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकार पक्षकै वकिलहरुले बहस गरेका छन् ।

संवैधानिक इजलासमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता महेश नेपालले दलीय अनुशासन विपरितको कार्यलाई संविधानले स्वीकार नगरेको तर्क गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बसह गर्ने क्रममा उनले सो तर्क गरेका हुन् ।

“संविधानको धारा ७६ (५) ले दलीय व्यवस्थाको व्याख्या गरेको छ”, उनले भने , “मानौँ अहिले दल बाहिर गएर अर्को दलकालाई समर्थन गरेर सरकार बन्यो, यस्तो सरकार कति दिन टिक्छ ? दलीय अनुशासन कायम नभए त ह्वीप लाग्छ, कारवाही हुन्छ ।”

दलीय अनुशासन बाहिरको कुरालाई संविधानले नमान्ने तर्क गर्दै नेपालले भने, “राष्ट्रपति संविधानको संरक्षक हो, संविधानको धारा ७६(५) राष्ट्रपतिले स्वविवेक प्रयोग गर्न पाउने धारा हो, सोही अनुसार निर्णय लिनुभयो ।”

अधिवक्ता पर्शुराम कोइरालाले संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्रीका लागि ओलीको दावी सही भएको तर्क गरे । आफूसँग बहुमत पुग्ने भएपछि संविधानअनुरूप प्रधानमन्त्रीका लागि दावी गर्नु उचित भएको तर्क गरे ।

“प्रधानमन्त्रीका लागि ओलीसँग १२१ सांसद थिए, जसपाको ३२ जना भएपछि प्रधानमन्त्रीमा दावी गर्न जानुभएको हो”, उनले भने, “संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा दावी संविधानअनुरूप नै हो ।”

अधिवक्ता कोइरालाको उक्त तर्कमा प्रधानन्यायाधीश राणाले संविधान जोगाउनका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्न किन नसकेको भनी प्रश्न गरे । उत्तरमा अधिवक्ता कोइरालाले संविधानअनुसार प्रधानमन्त्रीका लागि दावी प्रस्तुत भएको तर्क गरे ।

अधिवक्ता सुवास आचार्यले संविधानको प्रस्तावनामा नै मुलुकमा बहुदलीय शासन प्रणालीको व्यवस्था गरिएको हुनाले संविधानले निर्दलीय सरकारको परिकल्पना नगरेको तर्क गरे ।

“संविधानको धारा ७६(५) मा २ बमोजिम भनेको दलको समर्थन हो, तीन प्रक्रियाबाट सरकार नबनेपछि ५ विकल्पको ल्याइएको हो”, अधिवक्ता आचार्यले भने, “७६(२) बमोजिम भनेर ५ मा राख्नु भनेको दलीय हो, त्यसैले निर्दलीय व्यवस्था संविधानमा भनिएको छैन ।”

वरिष्ठ अधिवक्ता टङ्क दुलालले राष्ट्रपतिलाई प्रधानन्त्री नियुक्तिका लागि दुवैको दावीको आधारले बहुमत ल्याउन नसक्ने देखेपछि विश्वासको मत प्राप्त गर्न नसकेको तर्क गरे ।

वरिष्ठ अधिवक्ता रविनारायण खनालले संसदीय व्यवस्थामा दललाई ह्वीप लाग्ने भएको हुँदा समानुपातिक सांसदले पनि ह्वीप नलागाए पार्टी फुट्ने तर्क गरेका थिए । उनको बहससँगै आजका लागि सुनुवाइ सकिएको हो ।

प्रधानमन्त्रीका तर्फबाट बहस गर्न अब १ घण्टा ३० मिनेटको समय बाँकी छ । त्यसपछि सभामुखको तर्फबाट बहस शुरु हुनेछ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ५ : ४८ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी